Trending :
 

साफ यू-१८ च्याम्पियनसिपः नेपाल समूह चरणबाटै बाहिरियो

आश्विन ०७,२०७६

-

असोज ७, २०७६ काठमाडौं । 
अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली युवा टिम हलचोकमा भइरहेको साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।
 
६ देश सहभागी रहेको प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-१ को बराबरी गरेको थियो। त्यसपछि भुटानविरुद्ध ३-० को लज्जास्पद हार बेहोर्‍यो। त्यसैले मंगलबार भुटान र माल्दिभ्सले बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। 
 
नेपाललाई सेमिफाइनल पुग्नको लागि भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा तीन गोल (गोल बराबरी भएमा कार्डको हिसाबमा वरीयता निर्धारण हुने) वा चार गोलको जित हासिल गर्नुपर्ने थियो।
 
सन् २०१५ मा सातदोबाटोमा भएको साफ यू-१९ प्रतियोगिताको फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर नेपाली टिम च्याम्पियन भएको थियो। ‘राउन्ड रोबिन लिग’को आधारमा भुटानमा भएको दोस्रो संस्करण (२०१७) अंक बराबरी भएपनि गोल अन्तरमा बंगलादेशलाई पछाडि पार्दै नेपालले उपाधि रक्षा गरेको थियो।
 
हलचोकमा भइरहेको तेस्रो संस्करणमा भुटान ४ अंकसहित समूह ‘ए’मा विजेता र माल्दिभ्स (२ अंक) उपविजेता भए। अर्को समूहमा भारत र श्रीलंकावीच बुधबार हुने खेलले सेमिफाइनल समीकरण तय गर्नेछ। पहिलो खेलमा श्रीलंकालाई पराजित गरेकोे बंगलादेशले भारतस“ग बराबरी खेल्दै अन्तिम चारको यात्रा निश्चित गरिसकेको छ।