सिन्धुलीमा सोह्र श्राद्धको पितृप्रसाद खाँदा २७ जना बिरामी

आश्विन ०८,२०७६

-

असोज ८,२०७६ काठमाडौं ।
सिन्धुलीको दुधौली नगरपालिका-२ बसनियामा २७ जना बिरामी भएका छन् । सोह्र श्राद्ध तिथिमा मंगलबार स्थानीय राजेन्द्र दाहालको घरमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् ।
 
बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै बर्दिबासमा रहेको जनसेवा अस्पताल पठाइएको वडाअध्यक्ष रितेस राउतले जानकारी दिनुभयो । बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । फुड प्वाइजन’का कारण उनीहरु बिरामी परेको बताइएको छ ।
 
वडा अध्यक्ष राउतका अनुसार बर्दिबास पठाइएका बिरामीहरुमा ५ वर्षीय आनन्द बराल, २० वर्षीया सुमित्रा कार्की, ३० वर्षीय संगिता बराल, ३५ वर्षीय विशाल बराल, ६५ वर्षीय तेजप्रसाद ढुंगेल र ६० वर्षीया नर्बदा बराल रहेका छन् ।
 
राजेन्द्र दाहाल र उहाँकी श्रीमतीको पनि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहको छ । उज्यालो