साफ च्यामिपयनसिप: गोलाप्रथाबाट समूह विजेता बन्दै भारत सेमिफाइनलमा

आश्विन ०८,२०७६

-

असोज ८,२०७६ काठमाडौं । 
 
राजधानीमा जारी यू-१८ साफ च्यामिपयनसिप फुटबलमा भारत समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 
 
बुधबार भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथि ३-० को जित निकाले पनि बंगलादेशसँग समान ४ अंक भएपछि नेपाल गोलाप्रथाबाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 
 
बंगलादेश उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । हलचोकस्थित शसस्त्रको मैदानमा पहिलो हाफमा गोलरहित बराबरी भएपनि भारतले दोस्रो हाफमा ३ गोल गरेको थियो । भारतको जितमा गुर्किरात सिंहले दुई गोल गर्दा अमन क्षेत्रीले एक गोल थपे ।
 
शुक्रबार हुने सेमिफाइनलमा भारतले अब समूह ए को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेलमा समूह ए को विजेता भुटानले बंगलादेशसँग खेल्नेछ । 
 
आयोजक नेपाल भने समुह चरणबाट नै बाहिरिएको छ ।