जेठ २४,२०७४
-
जेठ २४ –
काबिलको अपार सफलता पश्चात बलिउड अभिनेता ऋतिक रोशन चलचित्र ‘सुपर ३०’मा देखिने भएका छन् ।
‘कृष’ सिरिज, ‘ब्याङब्याङ’ र रिभेन्ज ड्रामा ‘काबिल’ मा हिरोदेखि डाइनामिक एक्सन हिरोका रूपमा देखिएका ऋतिक एक गणितिज्ञको रुपमा ‘सुपर ३०’मा देखिने भएका हुन् ।
बलिउड निर्देशक विकास बहलले आफ्नो अगामी चलचित्र ‘सुपर ३०’ मा मुख्य भूमिकाका लागि अभिनेता ऋतिक रोशनलाई कास्ट गरेका छन् ।
‘सुपर ३०’ पटनाका आनन्द कुमारको कथा हो । उनी एक गणितिज्ञ हुन् र, इन्टेरेन्स इक्जामका लागि विद्यार्थीलाई तयार गराउँछन् । आनन्द कुमार आफ्नो इन्स्टिच्युट ‘रामानुजन स्कुल अफ म्याथम्याटिक्स’ मा प्रत्येक वर्ष ३० विद्यार्थीलाई छनोट गर्छन् र परीक्षाका लागि तयारी गर्छन् । ‘सुपर ३०’ मार्फत एक सर्वसाधारणबाट विशिष्ट बन्नेसम्मको यात्रालाई ऋतिकले देखाउने छन् ।
फिल्म विहारका विभिन्न क्षेत्रमा छायाँकन हुनेछ ।
प्रमुख समाचार