ह्वाइट हाउसले ट्रम्प र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन कुराकानी लुकाउन खोजेपछि..

आश्विन १०,२०७६

-

असोज १०,२०७६ काठमाडौं ।
अमेरिकी राष्ट्रपतिका विरुद्धमा उजुरी गर्ने एक व्यक्तिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लोदिमिर जेलेन्स्कीबीचको वार्तालाई ह्वाइट हाउसले लुकाउन खोजेको भए पनि सम्भव नभएको जनाएका छन् । 
 
उनले सो वार्ताको प्रसंग सामान्य कम्युटरमा भन्दा पनि अलग्गै प्रणालीमा राखिएको जनाएका छन् । 
 
सोही उजुरीका आधारमा अहिले अमेरिकी संसदले ट्रम्पविरुद्धमा महाअभियोगको प्रक्रिया सुरु गरेको छ ।  यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई विपक्षीसँग लड्न ट्विटमार्फत् आग्रह गरेका छन् ।  
 
उनले भनेका छन्,डेमोक्र्याट पार्टीका मानिसहरु रिपब्लिकन पार्टी र उसका सबै मूल्यको बर्बाद पार्ने प्रयासमा लागेका छन् । रिपब्लिकन साथीहरु एक जुट हुनुहोस् । उनीहरुको खेललाई सम्झनुस र मजबुतसँग लड्नुस । हाम्रो देश दाउमा छ ।’’
 
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भएको फोन वार्ताको विस्तृत विवरण बुधबार सार्वजनिक गरेको थियो ।
 
त्यसमा विपक्षी नेता तथा पूर्वउपराष्ट्रपति जो वाइडेनको विरुद्धमा छानबिन गर्न अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपतिलाई आग्रह गरिएको विवरण समेत उल्लेख छ । बीबीसी