जापानमा रोजगारीका लागि अनलाईन आवेदन खुल्ला

आश्विन ११,२०७६

-

असोज ११, २०७६ काठमाडौं ।
जापानमा रोजगारीका लागि अनलाईन आवेदन खुल्ला भएको छ । रोजगारीकालागि जापान जान ईच्छुक व्यक्तिले हिजोदेखि अनलाईन मार्फत आवदेन दिन पाउने भएका हुन् । अनलाई आवेदन यही असोज १६ गतेसम्म दिन पाईनेछ ।
 
जापान फाउण्डेसनका अनुसार ईच्छुक सबैले आवेदन दिन पाएपनि जापानको रोजगारीका लागि १ हजार जनालेमात्रै भाषा परिक्षामा सहभागिता जनाउन पाउनेछन् । भाषा परिक्षामा उत्तिर्ण भएका मात्रै जापान जान पाउनेछन् ।
 
जापानले पहिलो चरणमा नर्सिङ ९केयर गिभर० का लागि नेपाली कामदार लैजान लागेको हो । आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहयाताले लक्की ड्र मार्फत् आवेदक छानिनेछन् ।  भाषा परिक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ ।
 
लक्की ड्र मार्फत छानिएकाले असोज २४ गते २ हजार ५ सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउनेछन् ।  युनिभर्सल ल्याङ्वेज एण्ड कम्युटर इन्स्टिच्युटबाट कम्युटरमा आधारित भाषा र सिप परिक्षा सञ्चालन हुनेछ ।
 
कात्तिक १०, ११ र १२ गते पहिलो चरणको नतिजा सार्वजनिक हुनेछ । त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ गते भाषा तथा सिप परिक्षा हुने तय भएको छ ।