उपत्यका समन्वय समिती काठमाडौंको अध्यक्षमा सुजन लम्साल निर्बिरोध चयन

आश्विन १३,२०७६

-

असोज १३, २०७६ काठमाडौं ।
 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको अध्यक्षमा सुजन लम्साल निर्बिरोध चएन भएका छन ।
 
आइतबार भएको उपत्यका समन्वय समिती, काठमाडौंको १५ औं बार्षिक साधारण सभा तथा ५ औं अधिबेशनले लम्साललाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।
 
सुजन लम्सालको नेतृत्वको नयाँ कार्य समितीमा बरिष्ठ उपाध्यक्ष जमुना सनम, प्रथम उपाध्यक्ष कुमार राना, द्धितिय उपाध्यक्ष अर्जुन थापा, महिला उपाध्यक्ष शान्ति श्री परियार, सचिव रामु खडका, महिला सचिव शर्मिला कंडेल, कोषाध्यक्ष तिलक परियार, सहसचिव नरेश खाति र प्रसाद आमिछाने सहकोषाध्यक्ष कला लम्साल, प्रवक्ता रबिन लामिछाने निर्वाचित भएका छन् ।
 
त्यस्तै सदस्यहरुमा मेक्सम खाति, डोलराज बाह्रघरे, भिमु गुरुङ, रमेश बाबु थापा, मिरा गिरी, बाल चन्द्र बराल, राजेन्द्र कंडेल, मदन परियार, दिनेश क्षेत्री, प्रितम थापा, राजेश ढकाल, कुशल बेलबासे, सुनितामी परियार, शान्ति सुनार, भुमिका गीरी, मिना अधिकारी, शितल शमा, सुशिला गौतम निर्वाचित भएका छन् ।
 
नव निर्वाचित समितीले बैठक बसी अरु ४ जना सदश्य मनोनित गर्ने छन । साथै निर्वाचन सकिए पश्चात नव निर्वाचित अध्यक्ष सुजन लम्सालले नयाँ ढंगले संस्थालाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
 
पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीको रुपमा केन्द्रिय अध्यक्ष बद्री पंगेनी रहेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सपुतले गरेका थिए । कार्यक्रममा दुर्गा रायमाझी, चन्द्र शर्मा, रमेश बिजी, कृष्ण कंडेल, बिष्णु खत्री, सुवास केसी, राजु ढकाल, शिब हमाल, शंकर बिसी, राधिका हमाल, कृष्ण रेउले, देबी घर्ती, कृष्ण आँशु, कुलेन्द्र बिक, पुर्णकला बिसी, राजु गुरुङ, शिरिष देबकोटा, भगवान भण्डारी, रामजी खाण, ईन्द्र जिसी, जमुना राना, पृथ्बी थकाली,वरी भुषाल लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो ।
 
अधिबेशनको निर्णायक मण्डलको संयोजक राजु ढकाल रहेका थिए । नव निर्वाचित पदाधिकारीहरुलाई उपत्यका समन्वय समितीका परिकल्पनाकार एबं कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझीले सपथ गराएका थिए ।