Trending :
 

स्वस्थ जीवन

रगतको बारे रोचक तथ्य जानी राखौं

यदि हाम्रो मुटुले शरीर भन्दा बाहिर पम्प गर्यो भने रगतलाई ३० मिटर माथि सम्म फ्याक्न सक्छ

चैत्र १२,२०७३

-

रगत मनुष्यको लागि  कत्तिको महत्वपूर्ण छ भनेर भनिराख्नु नपर्ला । यो जीवन जीवित भएको प्रतिक हि । यो जीवनको आधार हो । यत्ति हुदाहुदै पनि हामीलाई हाम्रो शरीरमा भएको रगतको बारेमा धेरै कम जानकारी रहेको पाहिन्छ । हाम्रो शरीरबाट निस्कने रगतको बारेमा केहि यस्ता रोचक जानकारी रहेको छ जसलाई हामीले तपाईहरुको जानकारीको लागि पस्किएका छौ ।

 केहि रोचक तर सत्य तथ्य

 

१.      रगतको पहिलो ट्रांसफर आजभन्दा लगभग ३५० साल पहिला अर्थात् १५ जुन , १६६७ मा पहिलो पटक गरिएको थियो ।

२.      सन् १९३७ मा पहिलो पल्ट ब्लड बैंक स्थापना गरिएको थियो ।

३.      मानव शरीरमा रगतको मात्र आफ्नो तौलको ७% रहेको हुन्छ । एक थोपा रगतमा २५० मिलियन रक्त कोषिकाहरु रहेका हुन्छन ।

४.      हाम्रो शरीरमा ७०% रातो रक्त कोषिका हेमोग्लोबिन रहेको हुन्छ भने ४% भाग मांशपेसीमा रहेको प्रोटीन मायोग्लोबिन ,२५% भाग लीवरअस्थिमज्जा,र    १% रक्त प्लाजमाको तरल अंश कोषिकागरुको एन्जाईममा रहेको हुन्छ l

५.      हाम्रो शरीरमा रगतको गति ४०० किलोमिटर प्रतिघण्टा रहेको हुन्छ l लगभग ९६०० किलोमिटर प्रति दिन रगत नशामा दौडिरहेको हुन्छ l

६.      यदि हाम्रो मुटुले शरीर भन्दा बाहिर पम्प गर्यो भने रगतलाई ३० मिटर माथि सम्म फ्याक्न सक्छ l

७.      यदि अत्यन्तै कठिन अवस्था आयो भने नरिवलमा रहेको पानीलाई ब्लड प्लाज्माको ठाउमा चढाउन सकिन्छ l

८.      मनुष्यमा केवल चार प्रकारको (O,A,B,AB) रक्त समूह पाहिंन्छ तर गाईमा लगभग ८०० , कुकुरमा १३ र बिरालोमा ११ किसिमको रक्त समूह रहेको हुन्छ l

९.      पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ भने भाले लामखुट्टेले केवल मिठो तरल पदार्थ पिउने गर्दछ l पोथी लामखुट्टेले आफ्नो शरीरको ३ गुणा धेरै रगत पिउन सक्दछ l

१०.  तपाईलाई लाग्न सक्छ लामखुट्टेले कत्तिनै रगत चुस्न सक्छ भनेर l तर तपाइको जानकारीको लागि बताउनै पर्छ कि १२ लाख लामखुट्टेले शरीरको सबै रगत पिउन सक्दछ l    लामखुट्टेले ‘O’ ग्रुपको रगत मन पराउदछ l

११.   एउटा नवजात शिशुमा केवल २५० एम एल रगत हुन्छ भने वयष्क मान्छेमा लगभग ५ लि . रगत हुने गर्दछ l

१२.   मृत्यु पश्यात शरीरको जुन अंग जमिन तिर हुन्छ रगतको वहाव पनि त्यति हुन्छ र रगत जम्दछ  l सायद गुरुत्वाकर्षणले गर्दा हुन सक्दछ l

१३.  गर्भवती र स्तनपान गराउने महिलाहरुले रक्तदान गर्न सक्दैनन् l

१४.  हाम्रो शरीरमा लगभग ०.२ मिलिग्राम सम्म सुन हुन्छ र यसको सबैभन्दा बढी मात्र रगतमा पाहिन्छ l

१५.  जापानमा प्राय मानिसहरु उसको ब्लडग्रुपको हिसाबले उसको व्यक्तित्वको अन्दाज लगाउने गर्दछन् l

१६.  जेम्स हर्रिसोन नामक व्यक्तिले पछिल्लो ६० बर्षमा १,००० चोटी रक्तदान गरिसकेका छन् l

१७.   अचम्म ढंगले ब्राजिलमा रहेका बोरोरो नामक आदिवासीमा रहेका सबैमा ब्लडग्रुप ‘O’  पाहिन्छ l

१८.  लगभग सबै प्राणीमा रातो रगत पाहिन्छ l तर गोही र  शंखेकिरामा हल्का निलो रंगको रगत हुने गर्दछ l

१९.  एचपी प्रिन्टरमा हुने कालो मसी रगत भन्दा महँगो छ l

२०.  स्विडिसमा यदि कसैले रक्तदान गर्छ भने उसलाई ‘ धन्यवाद ‘ भन्ने सन्देस पठाउने गरिन्छ l तर यो सन्देस त्यतिबेला मात्र प्राप्त हुन्छ जव उसको       रगत कसैको प्रयोगमा आउदछ l

२१.  शारीरिकरुपमा एक्कै समयमा रक्तदान दिन र पिसाव फेर्न सम्भव छ l

२२.  कयौ पटक हामी आकाशमा हेर्दा आखाको सम्मुने केहि सेतो – सेतो धब्बा आउने गर्दछ l वास्तवमा यो हाम्रो सेतो रक्त कोषिका हो l

                                         – स्रोत बिभिन्न माध्यम

 

प्रिय पाठक बृन्द हाम्रो यो जानकारी कस्तो लग्यो ? कृपया हामीलाई प्रतिक्रिया पठाउनु होला l