सन् २०२१ का लागि अमेरिकाले आज रातिदेखि डीभी खुलाउदै

आश्विन १५,२०७६

-

असोज १५,२०७६ काठमाडौं ।
सन् २०२१ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुल्ने भएको छ । अमेरिकी समयअनुसार अक्टोबर २ तारिख (आज) मध्यान्ह १२ बजेबाट आवेदनको म्याद सुरु हुने जनाइएको छ । 
 
आवेदनको म्याद आगामी नोभेम्बर ५ को मध्यान्ह १२ बजेसम्म रहनेछ । सन् २०२० को मे महिनामा त्यसको नतिजा निस्कने र फर्म भरेपछिको कन्फर्मेसन नम्बर भने नतिजा आउने समयसम्म सुरक्षित राख्नुपर्ने जनाइएको छ ।
 
आवेदन दिनका लागि म्याद नगुज्रेको आधिकारिक पासपोर्ट हुनुपर्नेछ । इन्ट्री प्रक्रिया पूरा भएपछि राहदानीको बारेमा जानकारी गराउनुपर्ने जनाइएको छ ।  पति वा पत्नी र छोराछोरीको भने राहदानी नभए पनि हुनेछ । 
 
बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एलसाल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान,पेरु, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत ९उत्तरी आयरल्याण्ड बाहेक० र भियतनामका नागरिकले भने आवेदन हाल्न सक्ने छैनन् ।
 
चीनको मुख्य भूभागका नागरिकले आवेदन हाल्न नपाए पनि हङकङ, मकाउ र ताइवानका नागरिकले भने आवेदन गर्न पाउने जनाइएको छ । बितेका वर्षमा ५० हजार भन्दा बढी मानिसलाई डीभी परिसकेका देशका नागरिकले भने आवेदन गर्न नपाइने व्यवस्था रहेको छ ।