जिल्लामा एक दिनमै सकिए नयाँ नोट वितरण !

आश्विन १५,२०७६

-

असोज १५,२०७६ काठमाडौं ।
नेपाल बैंक लिमिटेडको बेनी शाखा कार्यालय परिसरमा बुधबार नयाँ र खुद्रा नोट सटही गर्नेको भीड लागेको छ। बिहानैदेखि नयाँ नोट साट्न बैंकमा आइपुगेकाहरु लामबद्ध भएका छन्।
 
नेपाल बैंक लिमिटेडले म्याग्दीका लागि बेनी शाखालाई खुद्रा र नयाँ नोट सटहीका लागि ३५ लाख रुपैयाँ पठाएको थियो । प्राप्त रकम प्रतिव्यक्ति ८ हजार ५ सय रुपैयाँका दरले बुधबार एकै दिनमा वितरण गरेर सकिएको नेपाल बैंक लिमिटेड बेनी शाखाका प्रबन्धक मोहन लामीछानेले बताए ।  
 
नोट सटहीका लागि बैंकको शाखा कार्यालय अगाडी सर्वसाधारण लाइन बसेका छन्।आएको नोट वितरण गरेर सकिएको र थप नोटका लागि माग गरिएको उनले बताए । गत वर्ष सत्तरी लाख रुपैयाँ भन्दा बढी नोट सटही गरिएको थियो । प्रतिव्यक्ति एक सय रुपैयाँका २५, पचास रुपैयाँका ५०, दश, बीस र पाँच रुपैयाँका एक सय वटाका दरले नोट वितरणको व्यवस्था मिलाएको छ।
 
यसरी वितरण गर्दा करिब चार सय परिवारका लागि मात्र सटही गर्न पुगेको छ । अन्य बैंक तथा वित्तिय संस्थाका शाखा र सहकारीमा पनि खुद्रा नोटको अभाव देखिएको छ। दसैंमा टिका लगाएपछि दक्षिणा दिने चलन छ।