युएफा च्याम्पियन्स लिगमा लिभरपुल र चेल्सी विजयी

आश्विन १६,२०७६

-

असोज १६,२०७६ काठमाडौं । 
युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् ।
 
गएराति भएको खेलमा लिभरपुलले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ४-३ ले हरायो । यही समूहको अर्को खेलमा बेल्जियमको गेन्क र इटालीको नापोलीले गोलरहित बराबरी खेले ।
 
समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २-१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २-० ले पराजित ग¥यो ।
 
यसैगरी समूह ‘जी’ को खेलमा फ्रान्सको ओलम्पिक लियोंले जर्मनीको आरबी लेप्जिगलाई २-० ले हराउँदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई ३-१ ले पराजित ग¥यो ।
 
च्याम्पियन्स लिग समूह ‘एच’ को खेलमा इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २-१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्पेनको भ्यालेन्सियामाथि ३-० को सहज जित निकाल्यो ।