पूर्वराजा ज्ञानेन्द्रले पनि सर्वसाधरणलाई ४ बजेपछि टीका लगाइदिने

आश्विन १७,२०७६

-

असोज १७,२०७६ काठमाडौं । 
 
पूर्व राजा ज्ञानेन्द्र शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने तयारी गरेका छन् । 
 
उनका निजी सहयोगी फणिराज पाठकका अनुसार पूर्व राजा महाअष्टमीको दिन नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली,संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्नेछन् ।
 
पूर्व राजाले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि निर्मल निवासमा सर्बसाधारणलाई टीका लगाइदिने पाठकले जनाएका छन् ।