नेपाली बजारमा अमेरिकाबाट ८१ लाख ६० हजार रुपैयाँको स्याउ आयात

आश्विन ३०,२०७६

-

असोज ३०,२०७६ काठमाडौं ।
हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार नपाएको गुनासो आइरहेका बेला नेपाली उपभोक्ताले अमेरिकामा फलेको स्याउ खाइरहेका छन्। चालु आर्थिक वर्षको पहिलो दुई महिना ९भदौसम्म० विदेशबाट एक अर्ब नौ करोड ८२ लाख रुपैयाँको स्याउ आयात भएको भन्सार विभागले जनाएको छ।
 
विभागका अनुसार अमेरिकाबाट ८१ लाख ६० हजार रुपैयाँको ४० हजार दुई सय ६४ किलो स्याउ आयात भएको छ। भारतबाट ८१ करोड ४९ लाख ८३ हजार रुपैयाँ, चीनबाट २७ करोड ५१ लाख ३४ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांकले देखाउँछ। गत वर्ष चार अर्ब ९३ करोड ४३ लाख रुपैयाँको ७३ हजार दुई सय ३१ मेट्रिक टन स्याउ आयात भएको थियो।
 
नेपाली उपभोक्तामा फलफूल खाने प्रचलन बढेकाले स्याउ खपत बढ्दै गएको छ। स्वदेशी उत्पादनले नपुगेर विदेशबाट आयात भएको राष्ट्रिय फलफूल विकास केन्द्रका निमित्त प्रमुख हरिप्रसाद गुरुङले बताए। आयात वृद्धि भए पनि उत्पादन पनि बर्सेनि वृद्धि भएको गुरुङको दाबी छ। नागरिक