क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नेपाल आउने

कार्तिक ०१,२०७६

-

कात्तिक १,२०७६ काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नोभेम्बर पहिलो साता काठमाडौं आउने भएको छ ।
 
क्यानको निलम्बन प्रक्रिया सुरु भएको बेला हुन लागेको आईसीसी टोलीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
 
निलम्बन फिर्ताको औपचारिक प्रक्रिया टुंग्याउन क्यानले आग्रह गरेपछि आईसीसीको टोली नेपाल आउन लागेको हो ।
 
निलम्बन फिर्ताको लागि आर्थिक पारदर्शीता र अन्य व्यवस्थापकिय सर्त रोखेको आईसीसीसँग यसै विषयमा छलफल गर्ने क्यानको तयारी छ ।
 
क्यानका अनुसार आर्थिक सञ्चालनका लागि आईसीसीले स्पष्ट मार्गनिर्देशन दिनेछ ।
 
यसअघि क्यानमा प्रमुख कार्यकारी अधिकृत र फाइनान्स म्यानेजर खुल्ला प्रतिस्पर्धामा नियुक्त गरिने चलन थियो ।
 
तर यसपटक सिइओको सट्टा प्रबन्ध निर्देशक, आर्थिक निर्देशक र प्रदेश क्रिकेट व्यवस्थापन निर्देशक भनेर तीन जना राख्नुपर्नेछ ।
 
आईसीसीसँगको छलफलकै तयारी स्वरुप क्यानले यही आइतबार कार्यसमिति बैठक बोलाएको छ ।