जेठ २५,२०७४
-
जेठ २५ –
राजधानीमा जारी सर्वा्धिक पुरस्कार राशिको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको फाइनलमा बिहिबार दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले ४५.१ ओवरमा अल आउट १२६ रन बनायो ।
पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३२ रन बनाए । यस्तै सिद्धान्त लोहनीले २०, दिपेन्द्र सिंह ऐरेले १९, किशोर भुर्तेलले १५ रन तथा सुशील कंडेलले १२ रन जोडे । अन्य कुनै खेलाडिले दोहोरो रन छुन सकेनन् । पुलिसलाई अल आउट गर्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । सुशान भारीले ३, सागर पुनले २ तथा सोम्पल कामीले १ विकेट लिए ।
१२७ रनको लक्ष्य पाएको त्रिभुवन आर्मी क्लब अब जवाफी ब्याटिंग गर्ने दाउमा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार