गोदावारी पुष्पमेलामा दुई दिनमा २५ लाखको कारोबार

कार्तिक ०३,२०७६

-

 कार्तिक ३,२०७६ काठमाडौं ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दुई दिनमा ३७ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको छ ।
 
शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३ औँ पुष्प मेलामा पहिलो दिन छ हजार पाँच सयले मेला अवलोकन गरेका थिए भने १२ लाखको कारोबार भएको थियो । त्यसैगरी दोस्रो दिन शनिबार १५ हजारले मेला अवलोकन गरेका छन् । दुई दिनमा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । 
 
कात्तिक चार गतेसम्म चल्ने पुष्पमेलामा आयोजकले ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । लक्ष्यभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उनले बताए ।