Trending :
 

पुस्तक बेचेर महावीर पुनलाई आर्थिक सहयोग

जेठ २५,२०७४

-

जेठ २५ - नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले आफुले लेखेको पुस्तक बेचेर आएको रकमबाट आर्थिक सहयोग गरेका छन् । करिब १२ सय ५० डलरको पुस्तक विक्री भएकोमा उनले आफ्नी श्रीमती जोत्सना पौड्यालको पनि त्यति नै रकम थपेर २५ सय डलर प्रदान गर्नुभएको हो जसको नेपाली रकम २ लाख ५७ हजार हुन्छ । उनले पाटन स्थित हिमालय बैंक लिमिटेड बाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् । उनले पुस्तकको नाम ‘घागी’ हो । लेखक शिव प्रकाशले किताव विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनि पूर्व घोषणा गरेका थिए । यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत गरेका छन् । उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरेका छन् ।