महिला च्याम्पियन्स लिगको उपाधी चितवन राइनोजलाई
-
कात्तिक ७,२०७६ काठमाडौं ।
महिला च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। कीर्तिपुरमा बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो।
लिगमा अपराजित रहेको चितवनले टस हारेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धारित २० ओभरमा ११२ रन जाड्यो। ११३ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रन बनाउन सक्यो। चितवनको जितका लागि सुमन खतिवडाले अलराउन्ड प्रदर्शन गरिन्।
चितवनको जितका लागि सुमन खतिवडाले अलराउन्डर प्रदर्शन गरिन्। टिमका लागि सर्वाधिक २९ रन जोडेकी उनले ३ विकेट समेत लिइन् । त्यस्तै रितु कनौजियाले ३ विकेट लिइन् भने रेखा रावलले २ विकेट हात पारिन्।
यसैगरी कप्तान इन्दु बर्माले २२ रन जोडिन्। १९ बल खेल्दा उनले ४ चौका हिर्काइन्। त्यस्तै ओपनर काजल श्रेष्ठले २१ रन जोडिन्।
क्विन्स काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन्। ममता थापा र ईश्वरी विष्टले समान १३ रन जोड्न बाहेक अन्य ब्याट्स्वुमनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।