कालिकोटमा पनि फस्टाउँदै स्याउ खेती,वार्षिक १० लाख बढी आम्दानी
-
कात्तिक ७,२०७६ काठमाडौं ।
पछिल्लो समय जिल्लामा स्याउ खेती फस्टाउँदै गएको छ । स्याउको राजधानीका रुपमा चिनिएको जुम्ला जिल्लाको सीमानासँग जोडिएका फोइमहादेव, चिल्खाया, राचुलीबाट सुरुवात भएको स्याउ खेती पछिल्लो समय जिल्लाभरी फैलिएको छ ।
परम्परागत अन्नबालीभन्दा स्याउ खेतीबाट थोरै लगानीमा बढी आम्दानी लिन सकिने भएपछि स्थानीय किसानको सक्रियतामा जिल्लामा स्याउ खेती फस्टाउँदै गएको हो ।
विगत १० वर्षदेखि स्याउ खेती गर्दै आएका जिल्लाको तिलागुफा नगरपालिका चिल्खायाका अगुवा कृषक टेकबहादुर शाहीको मात्र एक हजार स्याउका बिरुवा फल्न थालेका छन् । उनको बगैचामा वर्षेनी करिब १० टन बराबरको स्याउ उत्पादन हुने गरेको छ ।
आर्थिक वर्ष २०७०/०७१ को वैशाखमा काठमाडौको भृकुटिमण्डपमा सम्पन्न राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी रजत महोत्सवमा नेपालकै तेस्रो कृषकका रुपमा पुरस्कृत भएका कृषक शाहीले स्याउ, सिमी, आलुलगायतका फलफूल तथा तरकारी खेती गर्दै आएका छन् ।
उनले स्याउ आम्दानीले परिवारको खर्च चलाउने, छोरा छोरी पढाउने देखि ५० लाखको आफ्नो जीवन बिमा गरेको बताए । स्याउ बेचेरै वार्षिक रुपमा १० लाख बढी आम्दानी लिने गरेको उनको भनाई छ ।
उनले भने, स्याउ बिक्री वितरणका लागि भदौमा पूर्णरुपमा उपयुक्त हुन्छ तर अहिले पनि बगैचामा स्याउ लटरम्मै फलेका छन् । बजारीकरण गर्न समस्याले वन्यजन्तु र पशुपंक्षीले खाँदै आएका छन्। स्याउ बगैचादेखि जुम्ला सुर्खेत राजमार्गअन्तर्गत पर्ने धनाडामा पुगाउन ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।
गाउँमै यातायात सेवा विस्तार भएमा स्याउबाटै लाखौको आम्दानी हुने पक्का छ । गाउँमा यातायात सेवा विस्तार नहुँदा समस्या आएको छ । उनले भने, ुबगैचामा फलेको स्याउ बजारमा लिन नसक्दा वर्षेनी धेरै स्याउ कुहिएर खेर फालिरहेका छौँ । स्याउको व्यवसायिक खेती गरिरहेका अगुवा कृषक शाहीले मात्र चिलखायाको भट्टाडिमा १ हजार ८ सय ५० स्याउका विरुवा रोपेका छन् ।
जसमा एक हजार विरुवाले फल दिनथालेका छन्। अन्नपूर्ण