Trending :
 

मोटा र मध्यम धानको मूल्य निर्धारण:

कार्तिक ०७,२०७६

-

कार्तिक ७, २०७६ काठमाडौं ।
 
सरकारले चालु आर्थिक वर्षकालागि मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आर्थिक वर्ष २०७६/७७को लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको जानकारी दिए ।
 
 
अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २ सय रुपैयाँ भन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा मोटा धानको सर्मथन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा थियो। मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो। उक्त मूल्य पहिलोपटक कार्यान्वयन भएको थियो।