ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको नियमित चेकजाँच
-
कार्तिक १३, २०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ण्डी अस्पताल पुगेर नियमित चेकजाँच गरेका छन ।
ओलीलाई बुधबार विहान सरकारी निवास बालुवाटारबाट धापासीस्थित ग्राण्डी अस्पताल लगिएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल गएको बताए।
ओलीको स्वास्थ्य अवस्था ठिक रहेको पनि उनले जनाए ।
उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यको सबै मेडिकल रिपोर्ट सामान्य छ।
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको दुई महिनाअघि सिंगापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।
मृगौला प्रत्यारोपणपछि ओलीले नियमित स्वास्थ्य चेकजाँच गराउँदै आएका छन्।