एमसीसीसँग सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
-
कार्तिक १४,२०७६ काठमाडौं ।
विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज खेल्न नेपालले राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
बिहीबार नेपाल क्रिकेट संघ क्यानले नयाँ नियुक्त कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको लागि टोलीको घोषणा गरेको हो । नेपालले एमसीसीसँग टि-ट्वान्टी, एकदिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ ।
जसमा टि-ट्वान्टीका लागि १५ सदस्यीय टोली रहेको छ । त्यस्तै एकदिवसीय र फस्ट क्लासको लागि १४-१४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालसँगको सिरिजका लागि एमसीसीको टिम शुक्रबार नेपाल आइपुग्नेछ । यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ । यस्तै एमसीसीले नेपालको यू-१९ टिम र पोखरामा स्थानीय टिमसँग खेल्नेछ ।
टि-ट्वान्टीका लागि नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप-कप्तान), आरिफ शेख, अमित श्रेष्ट, अविनाश बोहोरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, कुशल भुर्तेल, नन्दन यादव, पवन शरार्फ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी र शुशान भारी
एकदिवसीयका लागि नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप-कप्तान), आरिफ शेख, बसन्त रेग्मी, बिक्रम शोब, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, रोहित पौड्यल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी र इशान पाण्ड्य छन् ।
फस्ट क्लासका लागि नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप-कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन शरार्फ, सन्दीप लामिछाने, शरद भेषवाकर, राजु रिजाल, रोहित पौड्यल र सोमपाल कामी रहेका छन ।