एशियाली मुलुकहरुमा कोइलाको प्रयोग बन्द गर्न राष्ट्रसंघको चेतावनी
-
कार्तिक १७,२०७६ काठमाडौं ।
संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको सामना गर्न एशियाली मुलुकहरुलाई कोइलाको प्रयोग बन्द गर्नुपर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटरेशले कोइलाको प्रयोगका कारण एशियाली मुलुकहरुले खतरा मोलिरहेको बताउँदै कोइलाको प्रयोग तत्काल बन्द गर्न सुझाव दिएका हुन ।
जलवायु परिवर्तनकै कारण एशियाका चीन, बंगलादेश, भारत, भियतनाम, इन्डोनेशिया र थाइल्याण्ड जस्ता ६ वटा राष्ट्रहरु बाढीको जोखिममा परेको र जसका कारण २४ करोड जनताको मारमा पर्ने संकेत गरेका छन् ।
यी राष्ट्रहरुले जलवायु परिवर्तनका काराण सामना गनुुपर्नेै चुनौतीहरुलाई ध्यान नदिएकाले उच्च जोखिममा रहेकोले तत्काल यसको उपाय अवलम्बन गर्न उनको सुझाव छ ।
महासचिव गुटरेशले जलवायु परिवर्तनका बिषयमा लामो समयसम्म गरेको अध्ययनपछी उक्त चेतावनी दिएका हुन । एजेन्सी