Trending :
 

डायलाइसिस गर्न प्रधानमन्त्री ओली पुनःग्राण्डी अस्पतालमा

कार्तिक १७,२०७६

-

कार्तिक १७,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज तेस्रो पटक डायलाइसिस गरिँदैछ । प्रधानमन्त्री ओली डाइलासिस गर्न धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् ।
 
बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।
 
उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
 
१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
 
यसअघि हिजो बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले नियमित डायलासिस गर्नुपर्ने बताएका थिए ।