नेपालद्धारा एमसीसी ५ विकेटले पराजित :
-
कार्तिक १८,२०७६ काठमाडौं ।
नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ५ विकेट गुमाउँदै एमसीसीले दिएको लक्ष्य भेट्टाएको थियो । एमसीसीले जितको लागि २०२ रनको लक्ष्य दिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो। नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो। नेपालको तर्फबाट विनोद भण्डारीले अविजित ५२ रन बनाए। पवन सर्राफले पनि अविजित ३८ रन बनाए।
पहिले ब्याटिङ गरेको एमसीसीका लागि विल रोडसले ५४ रन बनाए। त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए।
नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४-४ विकेट लिए। त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १-१ विकेट लिएका थिए।