चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन आह्वान

कार्तिक १९,२०७६

-

कार्तिक १९,२०७६ काठमाडौं ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा आवेदन आह्वान गरिएको छ । सिफारिस समितिले सूचना प्रकाशित गरी योग्यता पुगेकाहरुबाट निर्देशक पदमा आवेदन माग गरेको हो ।
 
इच्छुक व्यक्तिले ५०० शब्दमा नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालयमा वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका कात्तिक २१ गतेभित्र दिनुपर्नेछ ।
 
आयोगको निर्देशकका लागि सम्बन्धित काममा १५ वर्षको अनुभवप्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको व्यक्ति नियुक्ति गर्ने व्यवस्था छ । 
 
निर्देशकको नाम आयोगको उपाध्यक्षसामु सिफारिस गर्न प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेकाछन् ।