Trending :
 

मंसिर १५ देखि हुने दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

नेपालले २७ खेलमा सहभागिता जनाउँदै:

कार्तिक २०,२०७६

-

कार्तिक २०,२०७६ काठमाडौं।
यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।
 
पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।
 
बंगलादेश र श्रीलंकाले २५-२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।
 
नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रित्रेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो ।
सागमा पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता जनाउने भएका छन् । माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।
 
यसैबिच नेपालले पदकको आशा गरेको पाराग्लाईडिङ खेल सागमा नहुने संभावना बढेको छ ।
 
सागमा कुनैपनि खेल समावेश गर्न कम्तिमा चार देशले सहभागिता जनाउनुपर्ने भएकोले पाराग्लाईडिङ नहुने संभावना बढेको हो ।
 
पाराग्लाईडिङमा हालसम्म नेपालले मात्रै नाम दर्ता गराएको छ । यसैगरी ट्रायथ्लन खेल पनि नहुने संभावना बढेको छ ।