कालपानीप्रति भारतको एकपक्षीय निर्णय अमान्यः(परराष्ट्रको प्रेस विज्ञप्ति)

कार्तिक २०,२०७६

-

कार्तिक २०,२०७६ काठमाडौं ।
नेपाल सरकारले भारतीय नक्सामाथि प्रतिक्रिया दिएको छ। भारतको नयाँ राजनीति नक्सा आफूलाई मान्य नभएको प्रतिक्रिया नेपाल सरकारले दिएको हो। 
 
बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गररेको यो निर्णय मान्य नहुनेसमेत प्रष्ट पारेको छ।
 
दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ, विज्ञप्तिमा भनिएको छ,कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ।