उपनिर्वाचनःकास्की २ मा नेकपा, कांग्रेस, साझा र विवेकशील लगायतका दलहरुको मनोनयन दर्ता

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर २ बाट रिक्त स्थानमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा, कांग्रेस, साझा, विवेकशील लगायत अन्य साना पार्टीसहित १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
 
तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण प्रतिनिधिसभाको कास्की २ मा उपनिर्वाचन हुँदै छ । नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेसले खेमराज पौडेललाई उठाएको छ ।
 
अघिल्लो निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए ।
 
तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो । । यतिबेला विवेकशील र साझा छुट्टाछुट्टै दल बनेका छन् । विवेकशीलले जमुना शर्मा र साझा पार्टीले रजनी केसीलार्ई उम्मेदवार बनाएका छन् ।