भारतीय दूतावास अगाडि ‘गो ब्याक इन्डिया’ को नारा

कार्तिक २१,२०७६

-

कार्तिक २१,२०७६ काठमाडौं ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै अहिले देशभर प्रदर्शन भइरहेको छ ।
 
यसै क्रममा नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले राजधानी काठमाडौँस्थित भारतीय दूतावास अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन् ।
 
विद्यार्थीहरुले भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरिएको बताए । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ प्लेकार्ड बोक्नुका साथै नारा समेत लगाएका थिए ।