ज्यानमार्ने आरोप लागेका आलमको सम्पत्ति छानबिन हुने

कार्तिक २२,२०७६

-

कार्तिक २२, २०७६ काठमाडौं ।
कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ । 
 
कर्तव्यज्यान लगायत तीनवटा कसुर आरोपमा प्रहरी हिरासतमा रहेका आलमलाई सम्पति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला प्रहरी रौतहटलाई पत्र पठाइ तत्काल छुटी जाने भएमा विभागमा उपस्थित गराइदिन अनुरोध गरेको छ।
 
जिल्ला अदालतले धरौटी तारेखमा छाडे सम्पति छानबिनको दायरमा ल्याउन आलमलाई प्रहरीले पुनः पक्राउ गरि शुद्धिकरण विभाग पठाउने छ।
 
प्रहरीले जिल्ला अदालत गौरलाई बिहीबार पत्र पठाई कर्तव्य ज्यान लगायत मुद्दामा अदालतमा थुनछेक बहसको क्रममा रहेको मुद्दामा आलम छुटि जाने भएमा सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराउन अनुरोध गरेको छ।
 
सम्पत्ति शुद्धिकरण ऐन २०६४ को २१ ९२० बमोजिम उनीमाथिसम्पती छानबिन हुने प्रहरीले जनायो। आलमविरुद्ध बिहीबारदेखि थुनछेक बहस चलिरहेको छ। 
 
बादी प्रतिबादीको बहस सकिएपछि मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्प मध्ये एउटा आदेश दिनेछ।
 
अदालतबाट आलम छुटि जाने भए पनि सम्पति शुद्धिकरणमा बुझाईने जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। अदालतबाट छुटे लगत्तै शुद्धिकरण विभागमा पठाउने भन्ने आदेश भएको उनले बताए । कान्तिपुर