Trending :
 

स्वास्थ्य बिग्रँदै गएपछि अनशनरत डा.गोविन्द केसी अस्पताल भर्ना !

कार्तिक २३,२०७६

-

कात्तिक २३,२०७६ काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
 
सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार बेलुका डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।
 
डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनकै सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिए । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताए ।
 
चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् । रासस