Trending :
 

१३ औं सागका लागि महिला फुटबल टोलीको घोषणा

कार्तिक २३,२०७६

-

कात्तिक २३,२०७६ काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि महिला फुटबल टिमको घोषणा भएको छ । शनिबार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले साग खेल्ने महिला टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय फुटबल टोली घोषणा गरेका छन् । 
 
नेपाली टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना पर्न सफल भएका छन् । मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।
 
नेपाली टोलीको गोल रक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।