जेठ २८,२०७४
-
जेठ २८ –
ग्रान्डस्लाम फ्रेन्च ओपन टेनिस प्रतियोगिता ४७औँ वरीयतामा रहेकी जेलिना ओस्टापेन्कोले जितेकी छिन् ।
लात्भियाकी जेलिनाले उपाधि भिडन्तमा तेस्रो वरीयताकी सिमोना होपमाथि ४–६, ६–४ र ६–३ को जित निकाल्दै उक्त उपाधि चुमिन् । सन् १९८३ पछि फ्रेन्च ओपनमा पहिलोपटक शीर्ष दशभन्दा पछिका खेलाडीले उपाधि जितेको यो पहिलोपटक हो ।
सेलिनाले फ्रेन्च ओपन जित्ने अभियानमा ओलम्पिक च्याम्पियन मोनिका पुग, पूर्व फाइनलिस्ट साम च्युसर, पूर्व नम्बर एक कारोलिन वाज्नियाकी र दुई पल्ट सेमिफाइनल पुगेकी टिमिया बास्किनजेकीलाई हराएकी थिइन।
टेनिसमा लात्भियाका खेलाडीहरूले एटिपी मास्टर्स तथा ग्रान्डस्लाममा राम्रो प्रदर्शन गरे पनि उपाधि जित्न सकेका थिएनन् । शनिबार रोनाल्ड गोरस कोर्टमा जेलिनाले आफ्नो नाममा मात्र इतिहास बनाइनन्, उनले राष्ट्रलाई समेत पहिलो ग्रान्डस्लाम उपाधि दिलाउन सफल भइन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार