Trending :
 

विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल संचालकलाई ठगी मुद्दा चलाउने चेतावनी

कार्तिक २५,२०७६

-

कार्तिक २५,२०७६काठमाडौं ।
नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाहीगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।
 
सोमबार युनेस्कोको बैठकमा सहभागी हुन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको बताए। यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई सोमबारै पत्र लेखेर जानकारी गराइने उनले बताए।
 
मन्त्रालयले  त्रिभुवन विश्वविद्यालय, काठमाडौं  विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर यसअघि गरिएको मन्त्रिस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो। यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै  सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्की दिदै आएका छन् ।