Trending :
 

च्याम्पियन्स ट्रफी : इङल्याण्डले अष्ट्रेलियालाई हराउँदा बंगलादेश सेमिफाइनलमा

जेठ २८,२०७४

-

जेठ २८ –

आयोजक इङल्याण्डसंग लिग चरणको अन्तिम खेलमा पराजित हुँदै अष्ट्रेलिया च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएको छ । डर्क वर्थ एन्ड लुइस नियमको आधारमा ४० रनले पराजित हुँदै अष्ट्रेलिया च्याम्पियन्स ट्रफी क्रिकेटबाट बाहिरिएको हो ।

इङ्ल्यान्ड समूह ‘ए’ को सबै तीन खेल जितेर अपराजित बन्दै सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७८ रनको लक्ष्य पछ्याएको इङल्याण्डले ४१ औं ओभरमा ४ विकेट गु्माएर २ सय ४० रन बनाउँदा भारी बर्षा भएपछि बाँकी खेल सम्भव हुन सकेन ।

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ओवरमा ९ विकेट क्षति गर्दै २ सय ७७ रनको मध्यम स्कोर बनाएको थियो ।

अष्ट्रेलियाको पराजयले बंगलादेशको भाग्य खुलेको छ । ग्रुप ए बाट इङल्याण्डसंगै बंगलादेश सेमिफाइनलमा प्रबेश गरेको छ । अस्ट्रेलियाको इनिङमा फिञ्चले ६८, स्मिथले ५६ र हेडले अविजित ७१ रन बनाएका थिए । अष्ट्रेलियालाई मध्यम योगफलमा रोक्न मार्क उड र आदिल रसिदले उत्कृष्ट बलिङ गरेका थिए । रोक्न मार्क उड र आदिल रसिदले ४/४ विकेट लिए ।

२ सय ७८ रनको लक्ष्य बोकेको इङ्ल्यान्डको सुरुवात राम्रो भएन । माथिल्लो क्रमका ३ विकेट सस्तैमा गुमाएको इङलिस टोलीका लागि मध्यक्रमका बेन स्टोक्सले २ छक्का र १३ चौकाको सहयोगले अविजित १ सय २ रनको योगदान गरेपछि खेलमा फर्कियो । कप्तान इयोन मोर्गनले चौथो विकेटका लागि बेन स्टोक्ससँग मिलेर बनाएको १ सय ५९ रनको साझेदारी गरे ।

इङ्ल्यान्डलाई जितका लागि ५८ बलमा ३८ रन आवश्यक हुँदा त्यति नै बेला पानी पर्यो र खेल हुन सकेन ।

अष्ट्रेलियाको पराजयले बंगलादेशको भने भाग्य खुलेको छ । ग्रुप 'ए' बाट इङल्याण्डसंगै बंगलादेश सेमिफाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगीतामा आज इन्डिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । दु्बै टोलीलाई  सेमिफाइनल प्रवेशका लागि आजको म्याच जित्नैपर्ने दबाब छ ।