जेठ २८,२०७४
-एजेन्सी
जेठ २८ -
चिनियाँ राष्ट्रपति सि जिनपिङले आमिर खानको 'दंगल' हेरेका छन् । कजाकिस्तानको राजधानी अस्तानामा आयोजित संघाई सहयोग संगठनको बैठकमा पुगेका सिले सो कुरा बताएका हुन् । सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत पुगेका छन् । शुक्रबार प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटघाट भएको छ ।
भेटघाटका क्रममा राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री मोदीलाई चीनमा चलचित्र दंगल निकै लोकप्रिय भइरहेको र आफैले सो चलचित्र हेरेको बताए । दुई नेताबीच द्विपक्षीय र अन्तर्राष्ट्रीय लगायतका बिषयमा चर्चा भएको बताइएको छ ।
दुवै राष्ट्राध्यक्षबीचको भेटघाट बारे जानकारी दिदै विदेश सचिव एस जयशंकरले भने- 'दुवै देशबीच सांस्कृति सहयोग बनरे चर्चा भयो । राष्ट्रपति सि जिनपिङले दंगल चलचित्र चीनमा निकै राम्रो व्यपार गरिरहेको र उनलाई समेत सो चलचित्र मन परेको बताए ।'
पछिल्लो समय बलिउड चलचित्र 'दंगल' चीनमा चलिरहेको छ । चलचित्रले चीनबाट ११ सय करोड कमाइ गरिसकेको छ । भने चलचित्रको अहिले सम्मको कुल कमाइ १ हजार ८ सय २३ करोड भारतीय रुपैयाको रहेको छ ।
प्रमुख समाचार