Trending :
 

नेपालका अझै २१ प्रतिशत बालबालिका खोपको पहुँच बाहिर

कार्तिक २७,२०७६

-

कात्तिक २७,२०७६ काठमाडौं ।
नेपालमा २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँचभन्दा बाहिर रहेको पाइृएको छ ।
 
विश्व निमोनिया दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा  परिवार कल्याण महाशाखाले हालसम्म ५८ ओटा जिल्लामात्र पूर्णखोप जिल्ला घोषणा भएको जनाइएको हो ।
 
कार्यक्रममा पाँच वर्षभन्दामुनिका १६ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको जनाइयो ।
 
परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा। झलकप्रसाद शर्माले पोषण र खोपका लागिमात्र सरकारले यो वर्ष चार अर्ब रुपैयाँ विनियोजन गरेको तर सोचेअनुरुपको प्रतिफल प्राप्त गर्न भने नसकिएको बताए ।
 
यस्तै, विश्व स्वास्थ्य संगठनले पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाख बालबालिकामा श्वासप्रश्वास समस्या हुने गरेको जनाएको छ ।
 
सन् २०१८ मा विश्वका ८ लाख बालबालिकाको मृत्यु निमोनियाबाट भएको र उपयुक्त कदम नचाले सन् २०३० सम्ममा निमोनियाबाट एक करोड १० लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।
 
पाँच वर्षमुनिका बालबालिकामा बढी देखिएको निमोनिया रोगले फोक्सोमा असर पुर्‍याउँछ ।