जेठ २८,२०७४
-
जेठ २८ –
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आईतबार ८ अर्ब पूंजी पुरयाउने शिलसिलामा “ख” वर्गको इनोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्विजिशन गरी एकीकृत कारोबार शुरु गरेको छ ।
काठमाण्डौंको एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर श्री चिरञ्जीवि नेपालज्यूले गर्नुभयो ।
एकीकृत कारोबार पश्चात् बैंकको चुक्तापूंजी रु. ४ अर्ब ७१ करोड, निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु हुनेछन् । साथै बैंकले भविष्यमा एकीकृत पूंजीमा ४०५ का दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गदैछ ।
सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुंज बढी करिब ९० शाखाहरु हुनेछन् ।
प्रमुख समाचार