Trending :
 

ग्रान्डी अस्पतालमा प्रधानमन्त्री ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’

कार्तिक ३०,२०७६

-

कार्तिक ३०,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’गरिएको छ ।
 
काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ ।
 
‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ’-अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
उपचारपश्चात् प्रधानमन्त्री ओली शनिबारै प्रधानमन्त्री निवास फर्कने विज्ञप्तिमा जनाइएको छ ।
 
यसअघि, प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो ।