नेपाललाई ऋणमुक्त बनाउने अर्थमन्त्री खतिवडाको चाहना !
-
मंसिर १,२०७६ काठमाडौं ।
सम्पत्ति शुद्धीकरण ऐन विस्तारै सहज हुने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । आठौँ राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजश्व विभागले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले ऐन सुरुमा असहज भएपनि विस्तारै सहज हुने बताएका हुन् ।
आन्तरिक करलाई करको प्रमुख आधार बनाउने गरी जुन बेला हामीले भ्याट लागू गर्यौं, त्यसबेलादेखि क्रमशः आयातमा आधारित राजश्व प्रणालीलाई आन्तरिक उत्पादन, उपभोगमा आधारमा विकास गर्दैछौं,’ उनले भने, ‘कतिपय करका कानून, नियमन, विधिहरु संशोधन तथा परिमार्जजन गर्दा केही अप्ठ्यारो परे जस्तो हुन्छ ।
यो भनेको अध्याँरोबाट घाममा जाँदा आँखा तिरमिराउनु जस्तै हो, सुरुमा असहज भए पनि विस्तारै सहज हुनेछ । अहिले व्यवसायिक जगतमा देखिएको समस्या यही हो ।’
मुलुकको तीन चौथाइ राजश्व आन्तरिक राजश्वबाट उठ्ने गरेकाले पनि यो देशको आधार भएको मन्त्री खतिवडाले बताए ।
राज्यलाई सरल, सुदृढ, आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लैजान क्षमता अनुसार कर निर्धारण गरिने मन्त्री खतिवडाको भनाइ छ ।
उनले नेपाललाई ऋणमुक्त मुलुक बनाउने चाहना रहेको उल्लेख गरे ।
करको दर र दायराका विषयमा नीजि क्षेत्रले राखेको भनाइमा मन्त्री खतिवडाले सहज व्यवसायीक प्रणालीको कुरा गरेको बताए। कानूनको कुरा आएको छ हामीले जवाफदेही बनाउने कानून निर्माण गरेका छौं । दण्ड दिने कानून होइन । वित्तीय उत्तरदायित्व कानून बनेको छ, त्यसअन्तर्गत हामीले तिरेको करको जिम्मेवारी हुनुपर्छ ।’