औषधी ब्यबस्था बिभागको चरम लापरवाही !
भारत-बंगलादेशका औषधी आयात नियम बिपरित :
-
काठमाडौं । औषधी व्यवस्था विभागको लापरवाहीका कारण कानुन मिचेर कमसल औषधी उपभोक्ता कहाँ पुग्ने गरेको छ । भारत र बंगलादेशबाट आयातीय औषधीलाई गैरकानुनी रुपमा प्रबेश गर्न बिभागले अनुमति दिएको छ । यसमा केहि यस्ता कम्मनीहरुसंग बिभागकै उच्च अधिकारीहरुको मिलोमतो रहेको स्रोतले उल्लेख गरेको छ ।
यी कम्पनीहरुसंग मिलेर गैरकानुनी रुपमा औषधी भित्र्याउन सहयोग गर्ने बिभागका कर्मचारीलाई कारवाही हुनुपर्ने उपभोक्ता संघ/संस्थाहरुको माग रहेको छ । बंगलादेशबाट आयातीत हुने अधिकांश औषधीहरुमा अधिकतम खुद्रा मुल्य उल्लेख नगरिएको यहाँका बिक्रेताहरुले जनाएका छन् । यो त्रुटिमा बिभाग मौन बस्ने गरेको र यस्ता औषधीको मुल्यसुची नेपालमै अबैधानिक रुपमा मुल्य राख्ने गरिएको स्रोतले जनायो ।
यी औषधीहरुमा नेपालमा नियम बिपरित ल्याएर मुल्यको छाप लगाउने गरिएको पाइएको छ । बंगलादेशबाट आयात हुने एशियाइ कम्पनीले यो धन्दा गरिरहेको छ । यो कम्पनीले नेपालमा औषधी ल्याएर नियम बिपरित खुद्रा मुल्य बट्टाको बाहिर राखेर बिक्री गर्दे आएको छ । बोत्तलजन्य औषधीमा कुनै मुल्य राखेको छैन । एरोनेम लगायतका औषधीहरुमा यी त्रुटि फेला परेको हो ।
त्यसैगरि, बिभागले नियम बिपरित मेडोफर्म नामक कम्पनीको कमसल औषधीहरु भित्र्याएपछि लापरवाहीको अर्को गंभिर नमुना समेत बाहिर आएको छ ।
भारतीय कम्पनी मेडोफर्म प्रा.लिले उत्पादन गरेको औषधीहरु बिभागमा दर्ता नगरि विक्री भइरहेको छ । यो कम्पनीका औषधी प्रा.लि मार्फत नभइ मेडोफर्म मात्रको नामबाट बजारमा विक्री गरिएको उपभोक्ता सम्बन्ध संस्थाहरुले जनाएका छन् ।
मेडोफर्म प्रा.लि र मेडोफर्म अलग अलग कम्पनी हो । बिभागको लापरवाहीका कारण कानुन बिपरित औषधी बितरण भएको छ भने औषधीको गुणस्तर मापन नगरी उपभोक्ता समक्ष पुग्ने गरेको धेरैले आरोप लगाएका छन् ।
औषधी ऐन २०३५ अनुसार जुनसकै औषधि र औषधिजन्य वस्तुको कारोवार विक्री वितरण आयात निर्यात गर्नका लागि राज्यको नियमक निकायमा विधिवत दर्ता गर्नुपर्छ । तर मेडोफर्मले यो सबै कानुन उल्लघंन गरेको छ । यसमा बिभागका उच्च अधिकारीकै मिलोमतो रहेको स्रोत जनायो ।
विभागमा दर्ता नभएका औषधीजन्य सामाग्रीको निकासी पैठारीमा वा विक्रीतिरणको लागि विभागबाट जारी प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास हुँदैन । तर, उच्च अधिकारीहरुले मेडोफर्मलाई यो सबै उन्मुक्ति दिइएको बिभागकै एक कर्मचारीले बताए ।
तामिलनाडु स्थित भारती औषधी कम्पनी शफ्टजेज हेल्थकेयर प्रालिद्दारा उत्पादित एक्निशफ्ट २० नामको विशुद्ध मेडिकल औषधि राज्यको नियमक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी निर्वाध रुपमा बजारमा गैरकानुनी विक्री वितरण हुँदै आइरहेको छ । यसको आयातकर्ता सुशान्त मुरारका रहेका छन् ।
शारदा ट्रेड लिंक र भारतीय कम्पनी युरो लाइफ हेल्थकेएर प्रालिको नेपाल स्थित प्रमुख विक्रेता रहेका नेपालको नामबाट औषधी व्यवस्था विभागको औषधि आयातकर्ताको ११९ नं मा सूचिकृत भइ दर्ता लाइन्स प्राप्त गरेको छ ।