जेठ २९,२०७४
-
जेठ २९ –
स्पेनका राफायल नाडालले कीर्तिमानी १० औं पल्ट फ्रेन्च ओपनको उपाधि जितेका छन्।
फ्रान्सको पेरिसमा भएको फाइनलमा स्वीस खेलाडी स्टान वावरिन्कालाई ६–२, ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै नाडालले वर्षको दोस्रो ग्रान्ड स्लाम दशौं पल्ट जितेका हुन् ।
सेमिफाइनलमा विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई हराएर फाइनलमा स्थान बनाएका वावरिन्काले फाइनलमा नाडाललाई कडा चुनौती अनुमान गरिएको थियो । तर उनी नाडालसामु कमजोर देखिए ।
फ्रेन्च ओपनको उपाधि जित्दै नाडाल टेनिस इतिहासको ओपन एरामा एकै ग्राण्ड्सलाम १० पटक जित्ने पहिलो खेलाडी समेत बनेका छन् । नाडालले २००५ देखि २०१७ को बीचमा १० पल्ट फ्रेन्च ओपन जितेका हुन्।
साथै उनि रोजर फेडेररपछि सर्वाधिक ग्रान्ड स्लाम जित्ने दोस्रो खेलाडी बन्न पुगेका छन् ।
स्वीट्जरल्याण्डका रोजर फेडेररले सर्वाधिक १८ पटक ग्राण्ड्सलामको उपाधि जितिसकेका छन् भने यो जितसंगै नाडलको उपाधि सख्या १५ पुगेको छ ।
फ्रेन्च ओपन च्याम्पियन बनेसँगै नाडलको उपाधि सख्या १५ पुगेको छ र सर्वाधिक उपाधि जित्नेमा पिट साम्प्रासलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेका छन् । स्वीट्जरल्याण्डका रोजर फेडेररले सर्वाधिक १८ पटक ग्राण्ड्सलामको उपाधि जितिसकेका छन् । नाडालले अहिलेसम्म १० फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन दुई तथा एक अस्ट्रेलियन ओपन गरी १५ ग्राण्ड सलाम उपाधि जितेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार