राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा १० पदाधिकारी निर्विरोध निर्वाचित
-
मंसिर ८,२०७६ काठमाडौं।
राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट १० पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल निर्वाचित हुनुभएको हो ।
त्यसैगरी महासचिवमा सुवास केसी नै दोहोरिनु भएको छ भने उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित हुनुभएको छ ।
पोखरामा जारि महाधिवेशनमा अध्यक्ष सहितका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आज मतदान हुन लागेको छ । विहान ११ बजेदेखि मतदान सुरु हुने जनाइएको छ ।
प्रतिष्ठानको अध्यक्षका रमेश विजी र विष्णु खत्रीले उम्मेदवारी दिनुभएको छ । अस्तीदेखि सुरु भएको महाधिवेशन आजै सम्पन्न गर्ने तयारी गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माले जानकारी दिनुभयो ।