दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी :(नयाँ पदाधिकारीहरुको सुचिसहित)
-
मंसिर ९,२०७६ काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश विजी विजयी हुनुभएको छ । उहाँले प्रतिश्पर्धी विष्णु खत्रीलाई झिनो मत अन्तरले पराजित गरी विजयी हुनुभएको हो ।
विजीले ५८४ मत ल्याएर विजयी हुनुभएको छ भने प्रतिश्पर्धी खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियो । खत्री यसअघिको निर्वाचनमा पनि पराजित हुनुभएको थियो ।
पोखरामा भएको सातौँ महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुको पनि मतपरिणाम सार्वजनिक भएको छ ।
प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो ।
मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी हुनुभएको छ ।
त्यसैगरी सात खुल्ला सचिवमा १३ जनाको उम्मेदवारी परेकोमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कर शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी केन्द्रीय सदस्यहरुको पनि मत परिणाम सार्वजनिक भएको छ । प्रतिष्ठानमा महिला सात, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचनमा प्रतिश्पर्धा गरेको सवै उम्मेदवारहरुको नामावली र उनीहरुले प्राप्त गरेको मत परिणामसहितको सूची पनि यसैसाथ संलग्न छ । यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहनु भएको छ ।
त्यसैगरी महासचिवमा सुवास केसी नै दोहोरिनु भएको छ भने उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको महाधिवेशनका लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।