१३ औं सागमा पुरुष फुटबलतर्फ भारत सहभागि नहुने
-
मंसिर ९,२०७६ काठमाडौं ।
गत संस्करणको उपविजेता भारत सहभागि नहुने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष फुटबलमा ५ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल तालिका र टाइसिट सार्वजनिक भइसकेको अवस्थामा भारतले सहभागिता नजनाउने बताएपछि पुरुष फुटबलमा ५ टोलीबीच प्रतिस्पर्धा हुने भएको हो ।
महिला खेलाडी दर्ता गराए पनि भारतले पुरुष टोली सहभागि नहुनेबारे नेपाल ओलम्पिक कमिटीलाई पत्र पठाएको छ ।
भारत सहभागि नहुने भएपछि अब १३ औं सागमा आयोजक नेपालसहित माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि खेलतालिका सार्वजनिक गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले अब नयाँ तालिका निकाल्ने छ ।