प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियाः केही दिन अस्पतालमै बस्नुपर्ने
-
मंसिर १०,२०७६ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्च्यात प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिईएको छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो ।
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछि पोस्ट अपरेटिभ वार्डमा राखिएको छ। उपचार सकेर हाल सघन उपचारको सम्पूर्ण व्यववस्था सहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीलाई स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान उक्त सेन्टरमा लगिएको थियो। ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको थापाले बताए।
उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न छन्। प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने जनाईएको छ।