Trending :
 

सागका लागि करिब २ हजार ३५ कर्मचारी खटाउने निर्णय

मंसिर १०,२०७६

-

मंसिर १०,२०७६ काठमाडौं ।
नेपालमा आयोजना हुन लागेको १३औँ दशिक्षण एसियाली खेलकुद (साग)मा सहभागी खेलाडीहरुलाई विशेष सम्बोधन गरिएको छ। दक्षिण एसियाली सात राष्ट्रले सहभागिता जनाउने साग यहि मंसिर १५ देखी २४ गते सम्म आयोजना हुँदैछ।
 
सागमा २६ खेल समावेश छन्। खेलका लागि विदेशबाट करिब ३ हजारभन्दा बढी खेलाडी र पदाधिकारी नेपालमा आउँदै छन्। सागका लागि भनेर प्रविधिक समितिले करिब २ हजार ३५ कर्मचार खटाउने निर्णय गरेको छ।
 
नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठले खेल र खेलाडीले राष्ट्रको पहिचान बनाउने भएकोले खेलमा कटिबद्ध भएर लाग्नु पर्ने बताए। 
 
उनले दक्षिण एसियाली खेलकुद नेपालमा ऐतिहासिक खेल हुन लागेको बताए। नेपालमा एसियाली खेलकुद आयोजना हुँदा सधै विषेश रहने गरेको र यो संस्करणमा पनि नेपालमा आयोजना हुने सागमा नेपाललाई विशेष सफलता मिल्ने उनको भनाइ छ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागि खेलाडीलाई सम्बोधन गर्ने भनिए पनि स्वस्थ्यमा समस्या देखिएपछि अर्थ मन्त्री युवराज खतिवडाले सम्बोधन गरेका छन्। उनले खेलकुदलाई पनि संघीय संरचनामा लैजानु पर्नेमा जोड दिए। त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने उनले बताए।