जेठ २९,२०७४
-
जेठ २९ –
एसियन प्रिमियर लिग (एपिएल) टि – ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिसद (राखेप) को सहयोगमा दि अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा असार ५ गतेदेखि एसियन प्रिमियर लिग टि – ट्वान्टी क्रिकेट हुने भएको हो ।
यूएईमा अवस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा दक्षिण एसियाका कुनै पनि देशका खेलाडीले भाग लिन पाउनेछन् भने अक्सनबाट खेलाडी छनौट गरिनेछ । एपिएलका सम्पूर्ण खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् । कुन १९ खेल हुने प्रतियोगितामा सहभागी टोलीले सुरुमा लिग खेल्नेछन् । लिगबाट उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । त्यसपछि नकआउटका आधारमा खेल हुने छ ।
विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने भारतीय स्पोर्ट्स च्यानल सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।
सहभागी टिम र क्यापटेन
नेपाल स्टर्म – स्वप्निल पटेल
इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान
श्रीलंकन लायन्स – फरभिज महारुफ
बंगलादेश टाइगर्स – अल अमिन होसेन
दुबई वारियार्स – अब्दुल शकुर
अफगानिस्तान बुल्स – राना नाभिद अल हुसेन
प्रमुख समाचार
सम्वन्धित समाचार