Trending :
 

१३ औं सागः पदक जित्ने खेलाडीको पुरस्कार राशि दोब्बरले वृद्धि गर्ने घोषणा

मंसिर १०,२०७६

-

मंसिर १०,२०७६ काठमाडौं ।
सरकारले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीको पुरस्कार राशी उल्लेखनीय रुपमा वृद्धि हुने घोषणा गरेको छ । 
 
साग सुरू हुन चार दिनअघि विशेष कार्यक्रम आयोजना गरी सरकारले पदक जित्ने खेलाडीको पुरस्कार राशी उल्लेखनीय रुपमा वृद्धि हुने घोषणा गरेको हो । 
 
प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार राशीमा वृद्धि गर्ने घोषणा गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई प्रस्ताव मन्त्रिपरिषदमा पठाउन आग्रह गरे । 
 
मन्त्री खतिवडाले कति पुरस्कार राशी बृद्धि गर्दा खेलाडीलाई अझै उत्साहित बनाउन्छ त्यहि अनुसार प्रस्ताब पठाउनु पर्ने बताए । खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री अस्वस्थ हुँदा अर्थमन्त्रीले खेलाडीलाई सम्बोधन गरे । 
 
उनले यसअघि स्वर्ण विजेता खेलाडीलाई दिँदै आएको ३ लाख पुरस्कार राशी वृद्धि हुने भएकाले ढुक्क भएर आ(आफनो खेलमा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई  सुझाव दिए ।
 
यसअघि सरकारले स्वर्ण जित्ने खेलाडीलाई तीन लाख, रजत जित्ने खेलाडीलाई दुई लाख र कास्य जित्ने खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ । अब घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनसहित पदक जित्न सके खेलाडीले दोब्बर पुरस्कार राशी पाउने छन् ।